प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरीमाथि एसिड प्रहार

तामसालिङ खबर
२० भाद्र २०७६, शुक्रबार ११:३१

भदौ २० बिरगंज – प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै शुक्रबार बिहान १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ । पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा शुक्रबार बिहान ६ बजेर १० मिनेटमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

खातुन वीरगञ्जमा आफ्नो मामाघरमा बस्दै आएकी थिइन् । पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले खातुनमाथि एसिड प्रहार गर्दा उनको दाहिने गाला, छाती र हात जलेको एसपी सोमेन्द्रसिंह राठौरले बताउनु भयो ।

मुस्कानलाई कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचारका लागि पठाउने तयारी भइरहेको छ । प्रहरीले एसिड प्रहारमा संलग्न मुख्य व्यक्ति सम्साद मियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । माजिद आलम भने फरार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*