क्यान्सर पीडित रेनुको उपचारमा लालखबर डटकमको आर्थिक सहयोग
भदौ २०, हेटौडा – छालाको क्यान्सरबाट पीडित ११ वर्षीय रेणु दमाईलाई हेटौडाबाट सञ्चालित लालखबर डटकमले आर्थिक सहयोग गरेको छ । ११ वर्षीया रेनू दमाईको उपचारका लागि १८ हजार १ सय ८५ रुपैयाको चेक अध्यक्ष राज सापकोटा र कार्यालय संयोजक राजेश गरिबले सीताराम दमाइलाई हस्तान्तरण गरेका हुन् ।
लालखबरका कार्यलय संयोजक ‘गरिब’ को संयोजकत्वमा जनहितका लागि आर्थिक सहयोग संकलन अभियानबाट संकलित रकम बिरामीका बुवा सिताराम दमाईलाई शुक्रबार हेटौंडाको न्युज क्लब नेपालमा एक कार्यक्रममा चेक हस्तान्तरण गरेका थिए ।
छाला क्यान्सर पिडितको उपचारमा १२ लाखभन्दा बढी रकमको आवश्यकता परेकोले र परिवारले रकम जुटाउन नसक्ने भएपछि आर्थिक सहयोगका लागि अपिल गरेको हुदा केहि रकम संकलन गरेर सहयोग गरेको संयोजक गरिबले बताए । सहयोगको कारण चितवन स्थित भरतपुर क्यान्सर हस्पिटलमा उपचार भईरहेको छ ।






