बाल जागृती युवा बर्षमा बाल क्लब र जुरेस पुनर्गठन

तामसालिङ खबर
२० भाद्र २०७६, शुक्रबार १५:५४

भदौ २०, हेटौंडा – हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ गौरीटारमा रहेको बालजागृती युवा बर्ष माध्यमिक बिद्यालयमा बालक्लव तथा जुनियर रेडक्रस सर्कल पुनर्गठन भएको छ ।

शैलेश चापागाईको अध्यक्षतामा नौ सदस्यीय बाल क्लब गठन गरिएको छ । बाल क्लबको उपाध्यक्षमा कन्चन चौलागाईं, सचिबमा देवकी सापकोटा, सह-सचिवमा मौसम सुनार,कोषाध्यक्ष सोहन कंडेल, लगायत सदस्यहरुमा सन्देश सापकोटा,जेनिता गौतम, प्रतिक दुलाल, शशिकला लामा क्लबमा रहेका छन् ।

त्यस्तै, जुनियर रेडक्रस सर्कल तर्फ सन्जु गोलेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको छ । रेडक्रसको उपाध्यक्षमा कृजन तिमल्सिना, सचिबमा प्रशम्सा गौतम, सह-सचिवमा प्रसिम गौतम, कोषाध्यक्षमा पुर्णिामा छुमी लगायत पुनर्गठित समितिमा रहेका छन् । त्यस्तै गरि सदस्यहरुमा दिपिना सापकोटा, अमन राई, शुलभ कंडेल, कृष्ण कुमारी ढकाल लगायत छन् ।

अतिरिक्त कृयाकलाप समितिको संयोजक कुमार रुम्बाको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक गोपाल चन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*