दुइ नम्बर प्रदेशको सदनमा राजपा र कांग्रेसको विरोध

तामसालिङ खबर
२२ भाद्र २०७६, आईतवार १६:५६

भदौ २२, जनकपुरधाम – दुइ नम्बर प्रदेशमा विभिन्न योजनाहरुको काम सम्पन्न भइसक्दा पनि रकम भुक्तानी अझै नभएको भन्दै प्रदेश २ अन्तर्गत प्रदेशसभाको बैठक सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले अवरुद्ध गरेका छन ।

सदन सुरु हुना साथ विशेष समय लिएर बोल्दै विक्की यादव (राजपा) ले सरकारको चर्को आलोचना गर्दै सम्पन्न भइसकेको योजनाहरुको समेत भुक्तानी गर्न नसक्ने सरकार के गर्दै छ भनेर प्रश्न गरे । सरकारका कर्मचारिले १० देखि २० प्रतिशतसम्म रकम माग गरेको आरोप लगाउँदै नदिएको खण्डमा रकम भुक्तानी रोकेको भन्दै यादवले सदनमा आक्रोश पोखे ।

त्यस्तै राजपाका अर्का प्रदेशसभा सदस्य उपेन्द्र महतोले झन्डै पाँच सय योजनाको अर्ब रकम भुक्तानी गर्न बाँकी रहेको तर्क गर्दै उपभोक्ता समिति मारमा परेको बताए । महतोले समयमा भुक्तानी नहुँदा थुप्रै समस्या उत्पन्न भएको जिकिर गर्दै समस्या समाधान नहुन्जेल सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राम चन्द्र मण्डल, मन्जू यादव, सत्रुधन यादव, गोविन्द न्यौपाने समेतले सरकारसँग सदनमा उठेका प्रश्नको जवाव माग गर्दै सदन अवरुद्ध गरे । त्यस्तै कांग्रेसकै ओम प्रकाश सर्राफ, सरस्वती चैधरी, प्रमिला देवी दासले पनि सरकारले तत्काल जवाव दिनु पर्ने भन्दै सदन अवरुद्धमा एकबद्धता जनाएका थिए ।

आइतवार विहान ११ बजेको बैठकमा प्रदेशको नामकरण प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम कार्यसूचीमा उल्लेख भएद पनि सदन अवरुद्ध भएपछि आधा घण्टाको लागि सदनलाई स्थगन गरिएको सभामुख सरोज यादवले घोषणा गरेका थिए । सदन अबरुद्ध गर्न फोरम (अहिलेका समाजवादी) बाहेक सत्ता साझेदार दल राजपाका साथै नेकपा र कांग्रेस समेत एकमत देखिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*