यी हुन्, नेकपा मनहरी गाउपालिकाको वडा अध्यक्ष र सचिब (नामवली सहित)
भदौ २३, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको स्थानीय तह अन्तर्गत मनहरी गाउपालिकामा पूर्णता पाएको छ । सोमबार बिहान गाउपलिकाको मुकाम रजैयामा भएको कार्यक्रम मार्फत गाउपालिकाको नौ वडाको अध्यक्ष र सचिबको नामवली टुंग्याई सपथ समेत खुवाइएको छ ।
कार्यक्रममा तिन नम्बर प्रदेशको संसद एबम नेकपाको प्रदेश कमिटी सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको थियो । सपथ ग्रहण गराउनु हुदै प्रमुख अतिथि ग्लानले एक्काइसौ शताब्दीको जनबादलाई फ्युजनको रुपमा जनताको जनबाद पार्टीको तत्कालिन मार्ग दर्शन सिद्धान्तमा हामी स्पष्ट रहनु पर्ने कुरा बताउनुभयो ।
वडा कमिटी संगठनको आधारभूत कमिटी भएकोले सबैभन्दा बलियो जग तयार गर्ने कुरामा सबैभन्दा महत्वपुर्ण काम भएकोले गम्भीरता पुर्बक लाग्न आग्रह गर्नुभयो । जिम्मेवारी र कर्तव्यलाई बुझ्न सके कार्यकाल परिणाममुखी बनाउन सकिन्छ, त्यसकारण सम्भावित समस्या र चुनौतीको सामना गर्ने तयारी गरेर हामी सफल हुन सकिने उहाले भन्नु भयो ।

नेकपा मनहरी गाउपालिकाको वडा कमिटीको वडा अध्यक्ष र सचिबहरुमा वडा नम्बर १ को अध्यक्षमा पोषक बिष्ट, सचिबमा शिवहरी पराजुली, वडा नम्बर २ को अध्यक्षमा सुर्यबहादुर ब्लोन, सचिबमा आदर्श रुम्बा, वडा नम्बर ३ को अध्यक्षमा लेखराज पाण्डे, सचिबमा बिदुर खड्का, वडा नम्बर ४ को अध्यक्षमा श्रीकृष्ण ढकाल, सचिबमा सुरेन्द्र तितुङ, वडा नम्बर ५ को अध्यक्षमा मिनबहादुर घलान, सचिबमा हिमाल सुबेदी लगायत रहेका छन् ।
त्यस्तै, वडा नम्बर ६ को अध्यक्षमा डम्बर मुक्तान, सचिबमा कृष्ण राई, वडा नम्बर ७ को अध्यक्षमा शालिक बानिया, सचिबमा गोबिन्द घलान, वडा नम्बर ८ को अध्यक्षमा हरिप्रसाद कालाखेती, सचिबमा जय रुम्बा र वडा नम्बर ९ को अध्यक्षमा दिपक पुलामी, सचिबमा रामभक्त उप्रेती लगायतले सपथ ग्रहण गरेका छन् ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश कमिटी सदस्य एबम मनहरी गाउपालिका अध्यक्ष एकराज उप्रेती, संबिधान सभा सदस्य एबम जिल्ला सचिवालय सदस्य राजाराम स्याङ्तान लगायत शुभकामना मन्तब्य ब्यक्त गरेका छन् । नेकपा मनहरी गाउँकमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रम सचिव हेमलाल उप्रेतीले सञ्चालन गरेका थिए ।
मनहरी गाउपालिकाको अध्यक्ष र सचिबहरुको नामावली :-
१. वडा नम्बर १
अध्यक्ष – पोषक बिष्ट, सचिब – शिवहरी पराजुली
२. वडा नम्बर २
अध्यक्ष – सुर्यबहादुर ब्लोन, सचिबमा आदर्श रुम्बा
३. वडा नम्बर ३
अध्यक्ष – लेखराज पाण्डे, सचिबमा बिदुर खड्का
४. वडा नम्बर ४
अध्यक्ष – श्रीकृष्ण ढकाल, सचिब – सुरेन्द्र तितुङ
५. वडा नम्बर ५
अध्यक्ष – मिनबहादुर घलान, सचिबमा हिमाल सुबेदी
६. वडा नम्बर ६
अध्यक्ष – डम्बर मुक्तान, सचिबमा कृष्ण राई
७. वडा नम्बर ७
अध्यक्षमा शालिक बानिया, सचिबमा गोबिन्द घलान
८. वडा नम्बर ८
अध्यक्ष – हरिप्रसाद कालाखेती, सचिबमा जय रुम्बा
९. वडा नम्बर ९
अध्यक्ष – दिपक पुलामी, सचिबमा रामभक्त उप्रेती






