फोटो पत्रकार समूह मकवानपुरको सल्लाहकारमा दुलाल

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार ०६:५६

भदौ २३, हेटौडा – फोटो पत्रकार समूह मकवानपुरले सल्लाहकारमा पत्रकार रुपेश दुलाललाई मनोनित गरेको छ । सोमबार बसेको समूहको पहिलो कार्यसमिति बैठकले सल्लाहकारमा दुलाललाई मनोनित गर्ने निर्णय गरेको हो ।

उनी मकवानपुरमा रही स्थानीय तथा राष्ट्रिय संचार माध्ययका लागि काम गर्छन् । दुलाल संगै समुहको सल्लाहकारमा रामसरण दुलाल, धुर्ब अधिकारी र शिवकुमार काशी रिजाल छन् ।

त्यस्तै, समूहले नेपालीहरुको महान पर्व विजया दशमीको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने समेत निर्णय गरेको समूहका अध्यक्ष कपिल खड्काले जानकारी दिए । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको संयोजनका लागि समूहका सह–सचिव उज्वल अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*