फोहोर डम्पिङ क्षेत्र सिसडोल र बञ्चरेडाँडामा अनुगमन

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार ०७:२४

भदौ २४, नुवाकोट – संघीय संसदको विकास तथा प्रविधि समितिले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने सिसडोलको अनुगमन गरेको छ । टोलीले नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरे डाँडामा निर्माण गर्न लागिएको ल्याण्डफिल साइडको स्थलगत अनुगमन गरेको छ ।

काठमाडौ उपत्यकाको फोहोर जम्मा गर्ने स्थान सिसडोलमा भइरहेको फोहोरको ब्यवस्थापनको सन्दर्भमा उत्पन्न विकराल समस्याको जानकारी लिन समितिले अनुगमन गरेको हो । काठमाडौं उपत्यकाको फोहोर बिसर्जन स्थल सिसडोल र बन्चरे डाँडामा बन्ने ल्यान्डफिल्ड साइडको निर्माणमा ढिलाइबारे अनुगमन गरिएको सघीय सांसद हितबहादुर तामाङले बताउनुभयो ।

तस्बिर :- डीबी तामाङ

त्यस्तै, सांसद, स्थानीय जनप्रतिनिधि, सरोकारवाला पक्ष र संचारकर्मी सहितको टोलीले बालाजु– ककनी–ओखरपौवा सडक खण्डमा गएको पहिरोबाट पुगेको क्षति र मर्मतबारे छलफल गरेको थियो ।

तस्बिर :- डीबी तामाङ

अनुगमनमा विकास समिति सभापति कल्याणी खड्का, संघीय सांसदहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, बहादुरसिंह तामाङ, बिन्दा पाण्डे, बिना श्रेष्ठ, प्रदेश नम्बर ३ का सदस्य बद्री मैनाली लगायत ककनी गाउँपालिका अध्यक्ष, प्रभावित क्षेत्रका वडाअध्यक्ष र सदस्यहरु, काठमाडौं तारकेश्वर नगरपालिकाका वडाअध्यक्ष, धादिङ धुनिबेंसी नगरपालिकाका वडाअध्यक्ष, सदस्य, सरोकारवाला संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

तस्बिर :- डीबी तामाङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*