आजबाट कांग्रेस मकवानपुरको दोस्रो जागरण अभियान

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार ०९:३८

भदौ २४, हेटोँडा – नेपाली कांग्रेसले देशव्यापी रुपमा संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको अवसर पारेर दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने निर्णय अनुसार कांग्रेस मकवानपुरले आजबाट दोस्रो चरणको राष्ट्रिय जागरण सुरु गर्ने भएको छ ।

कांग्रेस मकवानपुरले सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएको हो । कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले मकवानपुरका चारै प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ कार्यक्रम हुने बताएको छ ।

प्रवक्ता कोइरालाले क्षेत्र नम्बर १ क मा प्रेमचन्द्र दाहाल, १ ख मा ऋषिराम घिमिरे, २ क मा प्रतिमा गौतम र २ ख मा शेषनाथ अधिकारीलाई केन्द्रले प्रतिनिधिको रुपमा खटाएको बताएका छन ।

आज क्षेत्र नम्बर १ क अन्तर्गत हेटौंडा–१६, १ को ख को हेटौंडा ५ त्यसैगरी क्षेत्र नम्बर २ क को मार्खु र २ ख को मनहरीमा वृक्षारोपण गरेर एकसाथ अभियानको उदघाट हुने बताएको छ ।

अभियानमा जननायक वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको प्रतिक स्वरूप प्रत्येक निर्बाचन क्षेत्रमा एक सय छ बिरूवा रोपेर जागरण अभियानको उदघाटन गर्ने तयारी रहेको बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*