नेकपाका नेता वामदेव गौतमलाई डेंगु संक्रमण

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार ०९:४६

भदौ २४, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नेता वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ । उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए ।

शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए । केहि समय अगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*