चिनियाँ विदेशमन्त्री वाङ र प्रचण्डबीच भेटवार्ता

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार १२:५७

भदौ २४, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीबीच आज भेट भएको छ ।

चीनका राष्ट्रपति सी जिन पीङ नेपाल भ्रमणमा आउने भएपछि वातावरण बनाउन नेपाल आएका विदेश मन्त्री वाङ र अध्यक्ष प्रचण्ड बीच भेटवार्ता भएको हो । भेटघाटपछि अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिंदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा छलफल भएको बताए ।

दुई देशबीचमा रहँदै आएको सयौं वर्ष पूरानो सम्बन्ध आजको परिस्थितिमा अझ सुदृढ पार्ने छलफल भयो ।’ उनले भने, ‘चीन सरकारबाट र चिनियाँ जनताबाट हुने सहयोग र हाम्रो अपेक्षकोबारेमा कुराकानी भयो ।’

त्यसैगरि दुईटा सरकारको बीचमा गरिने सहकार्य र सहयोगको क्षेत्रलाई विस्तार गर्नेबारे पनि कुरा भएको प्रचण्डले बताए । नेपालले राखेको कुराप्रति विदेशमन्त्री वाङ अत्यन्तै सकारात्मक रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*