पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा २ रुपैया घट्यो
भदौ २४, हेटौडा – नेपाल आयल निगमले प्रमुख तीन इन्धन पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा घटाएको हो ।
पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले बताउनु भयो ।
समायोजन भएको नयाँ मूल्य आज मंगलबार दिउँसो १२ बजेबाट लागू भएको निगमका कार्यकारी प्रमुख पौडेलको जानकारी दिनु भयो ।






