कांग्रेस निकट आदिवासी जनजाति महासंघ बकैयामा बल चयन

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार १७:२७

भदौ २४ हेटौंडा (बकैया) – मकवानपुरको पुर्बी क्षेत्रको बकैया गाउपालिकामा नेपाली कांग्रेस निकट आदिवासी जनजाति महासंघ बकैया गाउँपालिकाको अध्यक्षमा सेतेमान बल चयन भएका छन् ।

सोमबार भएको भेलाले बलको अध्यक्षतामा ९ सदस्यीय आदिवासी जनजाति महासंघ बकैया गाउँपालिका चयन गरेको हो । महासंघको प्रथम उपाध्यक्ष बद्री माझी, द्वितिय उपाध्यक्ष सुरेन्द्र माझी, सचिव देवलाल जिम्बा, कोषाध्यक्ष निर्मला राई, सहसचिव दिनेश घले तथा सदस्यहरुमा प्रकाश लामा, विकाश माझी र बीरबहादुर गोले चयन भएका हुन् ।

त्यस्तै, भेलाले सोमबारै सुनिल भोम्जनको अध्यक्षतामा ९ सदस्यीय नेपाल तामाङ संघ बकैया गाउँ कमिटि चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा बासु भ्लोन, द्वितिय उपाध्यक्षमा विरबल काजी, कान्छालाल मोक्तान सचिव, मंगलीमाया स्याङतान कोषाध्यक्ष तथा सदस्यहरुमा राजकुमार वाईबा, सानु थिङ, रामनाथ जिम्मा, सुन्दर भोम्जन चयन भएका छन् ।

आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य एवं शिक्षा विभाग संयोजक कृष्णप्रसाद दाहाल, कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाल तामाङ संघका जिल्ला अध्यक्ष चम्फुरत्न लामा, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*