मनहरी गाउँपालिकामा बजेट कार्यान्वयन
भदौ २४, हेटौडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउपालिकामा चालु आर्थिक वर्ष २०७६/०७७ को बजेट कार्यन्वयन शुरुभएको छ ।
गाउपालिकाको ६१ करोड बजेट रहेको कार्यान्वयन प्रक्रिया शुरु गरेको हो । गाउँपालिकाले सबै वडालाई पत्राचार गरी १५ दिनभित्र उक्त बजेट अन्तर्गतका योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न भनेको छ ।
गाउँपालिकामा अघिल्लो वर्ष भन्दा यो वर्ष कम योजना बनेको बताइएको छ । गाउँपालिकाबाट उपलब्ध तथ्याङ्कअनुसार वडा नं १ मा २२, २ मा २३, ३ मा ४, ४ मा १२, ५ मा २०, ६ मा १७, ७ मा ३३, ८ मा ३० र ९ मा २९ वटा योजना गाउँसभाबाट पारित भइसकेको छ ।
यसवर्ष गाउँपालिकाले रु ६१ करोडको बजेट योजना निर्माण गरी कार्यान्वयन गरी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनु भयो । रासस






