हेटौडामा कानुनी सहजकर्ता अभिमुखिकरण तालिम

तामसालिङ खबर
२५ भाद्र २०७६, बुधबार ०९:०२

भदौ २५ हेटौडा – तिन नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कानुनी सहजकर्ता अभिमुखिकरण तालिम मंगलबार देखि हेटौडामा शुरु भएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री माननीय डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्नु हुदै ‘प्रदेश सरकारको पहिचान नि:शुल्क कानुनी जनसाहायता अभियान’ प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रदेश भित्र अन्यायमा परेका महिला, दलित, अपाङ्गता, द्वन्द्व पीडित, तथा गरिबिको रेखामुनि रहेका व्याक्ती लगायत विभिन्न वर्ग समुदायलाई कानुनी साहायता प्रदान गर्ने उदेश्यले प्रदेश सरकारले हरेक स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्त गरेको बताउनु भयो ।

स्थानीय सरकार संग सहकार्यमा प्रदेश ३ का १३ जिल्लाको माहानगरपालिका बाहेकका सबै स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्ति गरि ३ दिने अभिमुखिकरण तालिम शुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*