मनहरी खोलाले बगाउदा एक व्यक्तिको मृत्यु

तामसालिङ खबर
२५ भाद्र २०७६, बुधबार १४:०९

भदौ २५, हेटौडा (राक्सीराङ) – मकवानपुरको राक्सीराङबाट मनहरी बजार आउदै गर्दा मनहरी खोलाले आज बिहान एक व्यक्ति बगाएको छ । राक्सीराङ गाउपालिका वडा नम्बर ४ पन्जनी निबासी ४५ बर्षीय प्रेम बहादुर मोक्तान परेवाभिर मुनिको खोला तर्दै गर्दा मनहरी खोलाले बगाएको हो ।

खोलाले बगाएको शव राक्सीराङ गाउपालिकाको मुकाम नजिकको चैनपुरमा फेला परेको समाजसेबी एबम नेकपा मकवानपुरको सचिबालय सदस्य बनस्तम थिङले बताउनु भयो ।

शव पोस्टमार्टमको लागि हेटौडा अस्पताल ल्याइदै गरेको उहाले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*