सर्लाहीमा विपीको जन्म जयन्तीको अवसरमा वृक्षारोपण

राजु तामाङ
२५ भाद्र २०७६, बुधबार १७:११

भदौ २५, सर्लाही – विपीको १०६ औं जन्म जयन्तीको अबसरमा सर्लाहीमा मंगलबार वृक्षारोपण गरि मनाइएको छ । हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको महादेव जनता नमुना उच्च माविको जग्गामा वृक्षारोपण गरि विपीको जन्मोत्सव मनाएको हो ।

नेपाली कंग्रेस हरिवन नगर कमिटीले १०६ वटा जातका विभिन्न बिरुवा रोप्दै जन्म जयन्ती मनाएका हुन । विपीको तस्बिरमा माल्यार्पण गर्दै दोस्रो चरणको जनजागरण अभियान शुरु भएको नेपाली कांग्रेस जिल्ला सह-सचिव डोर प्रसाद भट्टराईले बताउनु भयो।

कार्यक्रममा महासमिति सदस्य खड्ग बहादुर कार्की, सदस्य शेर बहादुर योञ्जन, केन्द्रीय सभापति कर्ण बहादुर कार्की, महिला नेतृ सोनी कुमारी बोम्जन, हरिवन नगरसभापति रामशरण, उप्रेती बागमती नगरसभा दिपक कुमार रानाभाट, निरज कार्की लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*