डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग

तामसालिङ खबर
२६ भाद्र २०७६, बिहीबार १८:२४

भदौ २६, काठमाडौं – देशमा अहिले डेंगुको महामारी भैरहदा नियन्त्रण गर्न नसकेको भन्दै नेपाली कांग्रेसका सांसदले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु देशमा आक्रान्त भइसक्दा पनि तत्काल संकटकाल घोषणा गरेर अघि बढ्नुपर्ने भन्दै स्वास्थ्यमन्त्री यादवको राजीनामा माग गरेका हुन् ।

सांसद गौतमले अहिले दुई तिहाइ बहुमतको सरकारले जनताको रक्षा गर्न नसके कसले गर्छ भन्ने प्रश्न पनि गरे । ‘३ हजार जनता डेंगुबाट पीडित छ ।

सिंगो देश आक्रान्त छ । तर सरकार मौन छ । म यसमा घोर आपत्ति जनाउँदै स्वास्थ्यमन्त्रीको तत्काल राजीनामा माग गर्दछु’ सांसद गौतमले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*