नेकपाद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

तामसालिङ खबर
२६ भाद्र २०७६, बिहीबार २१:४७

भदौ २६, काठमाडौँ – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगको सूचना अनुसार नेकपाले दल दर्ताका लागि निवेदन बुझाएको स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

नेकपा दल दर्ताका लागि खिमलाल देवकोटा, ईश्वरी रिजाल, श्रीरामजी ढकाल र बाबुराम दहाल लगायतले आयोगमा निवेदन दिन पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*