हेटौंडामा तिन दिन सम्म संविधान दिवस भव्य मनाउने तयारी
भदौ २६, हेटौंडा – तिन नम्बर प्रदेशको राजधानी हेटौंडामा संविधान दिवसको अवसरमा तीन दिन सम्म भव्य कार्यक्रम गरि मनाउने तयारी गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जनपरिचालन उपसमितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको तयारी बैठकमा हेटौंडामा दिवस भव्य रुपमा मनाउने तयारी गरिएको बताउनुभयो ।
प्रदेश स्तरमा मनाउने तयारी भएको संविधान दिवसलाई भव्य रुपमा मनाउनका लागि विभिन्न कार्यक्रम गर्ने तयार गरिएको उहाले बताउनु भयो । प्रदेश स्तरीय संविधान दिवश मुल समारोह समितिले असोज २ गते नगर,कार्यालय, घर सरसफाई, संचार माध्यममा परिसम्वाद कार्यक्रम, पत्रपत्रिकामा शुभकामना लेख रचना प्रकाशन गर्ने, खेलकुद कार्यक्रम खुल्ला दौड कार्यक्रम आयोजना गर्ने, संविधान र संविधानबाद बिषयमा बिचार गोष्ठी र साँझ हरेक कार्यालय तथा घरमा दिपावली गर्न गराउन आव्हान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यस्तै संविधान दिवसको मुल दिन असोज ३ गते बिगुल बजाउने, तोप र बन्दुक बढाई गर्ने, सहिदको आत्माको चिर शान्तिको लागि मठ मन्दिर, मश्जिद, गुम्वा, चर्च आदिमा पुजापाठ/प्रर्थनाको व्यवस्था गर्ने, हेटौंडाको सिमामा जम्मा भएर ¥याली सहित मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर प्रदेशिक बिबिधता झल्कने गीत, नृत्य, झाँकी, सुरक्षाकर्मीद्धारा परेड कार्यक्रम आयोजना गर्ने, सम्पुर्ण सरकारी कार्यालय तथा उद्योग एवम् निजि घरमा साँझ दिपावली गर्न आव्हान गर्ने र असोज ४ गते सार्बजानिक तथा कार्यालय परिसरमा बृक्षारोपण, खुल्ला रक्तदान कार्यक्रम तथा साँझ सरकारी कार्यालय तथा उद्योग एवम् निजि घरमा साँझ दिपावली गर्न आव्हान गर्ने निर्णय गरेको उहाले बताउनु भयो ।
जिल्ला समन्वय समितिले आफ्नो क्षेत्र भित्रका सबै स्थानीय तहमा भव्यताका साथ संविधान दिवस मनाउन अनुरोध गर्ने तथा सार्वजनीक स्थल/चोकमा झण्डा फहराउने व्यवस्था गर्ने एवम अन्य कार्यक्रम समेत संचालन गर्ने निर्णय गरेको छ । जनपरिचालन उपसमितिले हेटौंडामा ५ हजार नागरिक संविधान दिवसको अवसरमा उतार्ने तयारी गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।






