तिन नम्बर प्रदेशको प्रदेशसभाबाट ४५ वटा बिधेयक पारित

तामसालिङ खबर
२६ भाद्र २०७६, बिहीबार २३:०७

भदौ २६, हेटौंडा – तिन नम्बर प्रदेश को प्रदेशसभाबाट हाल सम्म ४५ वटा बिधेयक पारित भएको छ ।

प्रदेश सभा गठन भएदेखि हाल सम्म ४५ वटा बिधेयक दर्ता भएर ४५ वटै बिधेयक पारित भएको हो । ४५ वटा बिधेयक मध्येमा ३८ वटा बिधेयक प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रमाणिकरण गरिसक्नु भएको छ ।

प्रदेशसभा सचिवालयले बिहिबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रदेश सभाको चौथो अधिवेशनबाट भने १७ वटा बिधेएक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले वताउनुभयो । चौथो अधिवेशनमा सात वटा बिधेयकहरु दर्ता भएको छ ।

प्रदेशसभा गठन भएको डेढ वर्ष बितीसक्दा पनि अझै पनि राजधानीको बिषय टुङ्गीएको छैन । राजधानी र नामाकरणको बिषय आगामी हिउँदे अधिवेशनमा टुङ्गो लगाउने सभामुख श्रेष्ठले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*