रोल्पामा पहिरोले पुरिएर एकै परिवारको ६ जना मृत्यु

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार १४:२८

भदौ २७, हेटौडा – रोल्पामा पहिरोले पुरिएर एकै परिवारको ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थबाङ गाउँपालिका २ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा रहेका छन् ।

त्यस्तै, पहिरोमा परेर श्रीकुमारीको ३८ वर्षीय जेठाजू जय बुढासहित बुढाका श्रीमती र दुई छोरीको पनि मृत्यु भएको छ। बुढाका ३६ वर्षीया श्रीमती मूल ज्योति, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पहिरोमा पुरिएका श्रीकुमारी बुढा र उनको ४ वर्षीय छोरा असलको शव बिहान निकालिएको थियो । श्रीकुमारीको जेठाजूसहितको ४ जना सदस्यको शव भने दिउँसो निकालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*