जाते टोल बिकास दोस्रो साधारणसभा सम्पन्न
भदौ २७, हेटौडा – जाते टोल बिकास संस्थाको दोस्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ जातेमा रहेको सस्थाको अध्यक्ष पदम बहादुर लोको अध्यक्षता एबम १५ नम्बर वडाको वडाअध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
साधारण सभामा टोल बिकास संस्था नगर समन्वय समितिका सचिब राजेन्द्र चौलागाईं, सदस्य हर्क रत्न लामा, पारिजात प्राबिका ब्यबस्थापन समितिको अध्यक्ष ईन्द्रलाल भोलन, सामुदायिक वनको अध्यक्ष मीनबहादुर घलान लागायतकाले मन्तब्य ब्यक्त गर्नु भयो ।
सोहि कार्यक्रममा १२ जना बृद्धहरुलाई फलफुल बितरण गरिनुका संगै एसईइ परिक्षामा सहभागी हुने बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।






