पुर्वजनमुक्ति सेना सहिद लगायत बेपत्ता परिवारमाथी सरकारले अपमान गरेकाे छ – सांसद बिडारी

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार १७:१०

भदौ २७ काठमाडौ – पुर्व जनमुक्ति सेनामाथिकाे हेपाइ बन्द गर्न वर्तमान सरकारलाई सांसद रामनारायण बिडारीले आग्रह गरेको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद बिडारीले विगतका सरकारले कर्मचारी भर्ना गरेको तर तलब नदिएको र न्यून तलबमा शिक्षक राखेको भन्दै ती समस्या वर्तमान सरकारले समाधन गर्नुपर्ने बताउनु भयो ।

नेपाल आइएलओ (संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन)को सदस्य भएको अवस्थामा त्यसरी न्यून तलबमा कर्मचारी राख्नु लज्जापद भएको उनको भनाइ थियो। सांसद बिडारीले भने, ‘लामो समयदेखिका बेथिति अन्त्य गर्नुपर्ने भएको छ ।

उनले ‘पूर्वजनमुक्ति सेनाहरूलाई हेपेर राखिएको, क्रान्तिमा होमिएका बेपत्ता भएकाका परिवार र शहिदका परिवारलाई पनि होच्याएर राखिएको’ बताए । विगतका सरकारले बिगारेका काम वर्तमान सरकारले गर्नुपर्ने र जनतालाई सेवा सुविधा दिनुपर्ने सांसद बिडारीको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*