कांग्रेस निकट आदिवासी जनजाति महासघ ईन्द्रसरोबरको अध्यक्षमा माधव लामा चयन
भदौ २७, हेटौडा (इन्द्रसरोबर) – नेपाली कांग्रेस निकट आदिवासी जनजाति महासघ ईन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा माधव लामा चयन भएका छन् ।
आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा भएको भेलाले लामाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
भेलाले उपाध्यक्षमा केशव लामा, महासचिव कृष्ण महर्जन, सचिव रबि भ्लोन, कोषाध्यक्ष अस्मिता गोले र सदस्यहरुमा विकाश बलामी, आकाश नगरकोटी, रमेश स्याङतान, बसन्ती स्याङतान लगायत २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य राजिव सुवेदी, जवान सिं वाईबा, हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाल तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामा, नेताहरु सुमन श्रेष्ठ, बमबहादुर थिङ, विकाश बलामी, राजेश सापकोटा, सुवास दाहाल, मुरारी सुवेदी, विष्णु कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।






