हेटौंडा खानेपानी वोर्डमा डिजीटल सूचना पाटीको उदघाटन
भदौ २७, हेटौंडा – हेटौंडा खानेपानी ब्यबस्थापन वोर्डको डिजीटल सूचना पार्टी शुक्रबार उदघाटन गरिएको छ । डिजीटल सूचना पार्टीको हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले उदघाटन गर्नुभएको हो । बोर्डमा प्रत्येक महिनाको आम्दानी र खर्चसहित सबै विवरण राखिने बताएको छ ।
हेटौंडाका सबैजसो स्थानमा सबै मिलेर राम्रो काम गर्नका लागि मेयर महतले आग्रह गर्नुभएको छ । पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्टले साउन महिना देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको वताउनुभयो ।बोर्डले डिजीटल सूचना पार्टी संगै इ-सेवा मार्फत पानीको महसुल भुक्तानीको काम पनि सुरु गरेको छ ।
अव पानीको पैसा तिर्नका लागि खानेपानी बोर्डको कार्यालयमा आउनुपर्ने वाध्यता हटेको छ । इ-सेवा मार्फत रकम जम्मा गर्न सकिने बोर्डले जनाएको छ ।






