डेंगुका विरामीलाई परिक्षण गर्न ३ सय ३१ किट हस्तान्तरण

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार २१:३५

भदौ २७, हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा शुक्रबार डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले ३ सय ३१ वटा डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गर्नुभएको हो ।

उपमहानगरले स्वास्थ्य कार्यालयको ल्याव टेक्नीसिएन राजकुमार इटेनीलाई डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गरिएको हो । नगरवासीहरुले तिरेको करले उपमहानगरपालिका चलेकाले नगरवासी बिरामी पर्दा सहयोग गर्ने गरी सहयोग गरिएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*