विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ निर्वाचित

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार १८:०७

भदौ २७, काठमाडौं – नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित भएका छन् । अजरबैजानमा शुक्रबार भएको सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन् । उहा सोही संस्थाको उपाध्यक्ष थिए ।

महासचिवमा निर्वाचित भएपछि उनले उक्त जित नेपालको भएको सामाजिक सञ्जालमा लेखेका छन् । ‘यो ठाउँसम्म पुर्‍याउने मेरो प्यारो मातृभूमि नेपाल, महान नेपाली जनता, नेपाल सरकार, प्रेस काउन्सिल नेपाल परिवार, समस्त पत्रकार जगत, साथी शुभेच्छुकमा धन्यवाद,’ उनले लेखेका छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*