मकवानपुरको दुई विद्यालयका नवनिर्मित भवन हस्तान्तरण

तामसालिङ खबर
२९ भाद्र २०७६, आईतवार ०९:३०

भदौ २९, हेटौडा – मकवानपुरको दुई विद्यालयका नवनिर्मित भवन शनिबार हस्तान्तरण गरेको छ । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले मकवानपुरका दुई विद्यालयका नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।

मन्त्री पोखरेलले कैलाश गाऊँपालिकाको कालिका माध्यमिक विद्यालय र हेटौंडाको जनप्रिय माध्यमिक विद्यालयका भवनहरु हस्तान्तरण गरेका हुन् । भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ भवनले मात्रै शिक्षा विकास नहुने हुनाले यसको सदुपयोगबाट शिक्षक, अभिभावक सबैले इमान्दिारिता देखाएमा मात्रै यसको महत्व हुने बताएका छन् ।

हस्तान्तरण भएका विद्यालयमध्ये कालिका माध्यमिक विद्यालयको भवन जापान सरकारको ऋण सहयोगमा १२ कोठे २ वटा भवन करीब ३ करोड ८१ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनमा प्राविधिक विषयको अध्यापन गराइने विद्यालयले जनाएको छ ।

त्यस्तै हेटौंडाको जनप्रिय माध्यमिक विद्यालयका ४८ कक्षा कोठासहित चमेना गृह, शौचालय, छात्राबास सहितका ६ वटा भवन निर्माण भएका छन् । यस विद्यालयमा कृषि, पशु, तथा बाली बिज्ञानका विषयहरु अध्यापन गराइने जनाइएको छ । यसका लागि जापान सरकारको करीब १३ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण भएको जनाइएको छ ।

कार्यक्रमहरुमा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी, प्रतिनिधि सभाका सदस्यहरु विरोध खतिवडा, कृष्ण दाहाल, प्रदेश सभा सदस्यहरु प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ, ओम घलान लगायतको सहभागिता रहेको थियो । न्युज २४ डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*