मलेसिया राेजगारी सुचारू भएकाे श्रम मन्त्रालयकाे घाेषणा (विज्ञप्तिसहित)
भदौ २९ , काठमाडौँ – मलेसियामा जाने कामदारलाई आज आइतबारबाट श्रम स्वीकृति दिन सुरु गरिएको छ । नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह- सचिव रामप्रसाद घिमिरेका अनुसार अब कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने छ ।
मलेसियाका रोजगारी खुलाउने निर्णय गरेर टोली फर्किएसँगै दुई देशबीच ११ कात्तिकमा भएको श्रम समझदारी कार्यान्वयनमा आएको हो । मलेसियसँग सेक्युरेटी गार्डको हकमा पनि त्यही समझदारी लागू हुनेछ । तत्कालका लागि ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिनेछ ।
प्रेस बिज्ञप्ति हेर्नुहोस –







