होलिस्टिक हेल्थको क्षेत्रीय भेला चितवनमा सम्पन्न
भदौ २९, चितवन – होलिस्टिक हेल्थ प्रालिको क्षेत्रीय भेला आइतबार चितवनको भरतपुरमा सम्पन्न भएको छ । व्यक्तिको समग्र स्वास्थ्य र प्राकृतिक जीवनशैलीको अपरिहार्यताबारे जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको थियो ।
होलिस्टिक हेल्थ प्रालिको चितवन नारायणगढ़को प्रमुख सुस्मा केसीको सभाध्यक्षमा भएको भेला स्थानीय समाजसेबी अरुण अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।
भेलामा सहभागीहरुलाई योग, ध्यानको अभ्यास साथै होलिस्टिक हेल्थको बारे कम्पनीको प्रशिक्षक श्रीकृष्ण लामाले प्रशिक्षण दिनु भएको थियो । प्राकृतिक स्वास्थ्य, समाज जागरण, बेरोजगारी न्युनीकरण गर्दै स्वदेश मै रोजगार, स्वरोजगार र उद्यमी बनाउने लक्ष्य रहेको कुरा प्रशिक्षक लामाले बताउनु भयो ।

होलिस्टिक गैंडाकोटको कमल कुँवरको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रममा व्यक्ति शारीरिक, मानसिक, आत्मिक, सामाजिक र आर्थिक सबै किसिमबाट स्वस्थ र सबल हुनुपर्ने कुरामा वक्ताहरुले जोड दिनु भयो ।






