राक्सिराङ गाउँपालिकाले डेंगु परिक्षणका लागि किट हस्तान्तरण
भदौ २९, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई राक्सिराङ गाउँपालिकाले डेंगु परिक्षणका लागि १ सय थान किट हस्तान्तरण गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको उपस्थितिमा प्राथमिक स्वास्थ्य केन्द्रमा किट हस्तान्तरण गरिएको हो । मनहरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका ७ नं वडा अध्यक्ष ठाकुरराम तितुङ र डाक्टर दीपेन्द्र पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
किट हस्तान्तरण गर्दै मल्लले राक्सिराङ गाउँपालिकाबाट आउने बिरामीहरुका लागि किट उपयोगमा ल्याउनका लागि आग्रह गरे । किट बुझ्दै वडाध्यक्ष तितुङले राक्सिराङ गाउँपालिकालाई धन्यवाद व्यक्त गरे ।






