घरबेटीले भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिएमा कार्वाही गर्छौ – कार्यकारी निर्देशक घिसिङ

तामसालिङ खबर
२९ भाद्र २०७६, आईतवार २३:२८

भदौ २९, काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिएमा कारबाही हुने बताएका छन् ।

प्राधिकरणले घरभाडामा लगाउने व्यक्तिहरुले भाडावालसँग नियमभन्दा धेरै विद्युत शुल्क असुली गर्ने गरेको भन्दै त्यस्तो गर्नेलाई कारबाही गर्ने चेतावानी निर्देशक घिसिङले दिएका हुन् ।

आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने बताए ।

‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री गरेको बिजुली अरु कसैले पनि पुनः बिक्री वा व्यापार गर्न पाइदैन’, घिसिङले भने, ‘घरबेटीले बढी महसुल लिएको उजुरी आए कारबाही गर्छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*