खराब मौसमको कारण ७ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण
भदौ ३१, हेटौडा – खराब मौसमका कारण काठमाडौंको लागि लुक्लाबाट उडेको ७ हेलिकोप्टर आकस्मिक अवरण गरिएको छ ।
काभ्रेको पाँचखाल जोरपाटी र हर्सेमा ४ वटा अवतरण गरिएको छ । त्यस्तै, सिन्धुलीको नेपालथोकमा ३ वटा हेलिकप्टरको आकस्मिक अवतरण गरिएको हो ।
मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६/६ जनाका दरले १८ जना यात्रु रहेको जनाएको छ त्यस्तै कैलास हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु रहेको छ । अवतरण भएका हेलिकोप्टरमा अधिकांश विदेशी पर्यटकहरु सवार रहेका थिए ।






