लगातार परेको वर्षाको कारण नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम विभागको आग्रह

तामसालिङ खबर
३१ भाद्र २०७६, मंगलवार १४:३३

भदौ ३१, हेटौडा – पछिल्लो केहि दिनदेखि लगातार भइरहेको अविरल वर्षाका कारण अचानक विभिन्न जिल्लाका नदीमा बहाव बढ्न सक्ने भएकाले बाढी तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलवार र बुधवार दुई दिन नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले चेतावनी दिएको छ ।

कोसी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायत मकवानपुर बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु तथा दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान मशाशाखाले चेतावनी दिएको हो ।

महाशाखाको सूचनामा भनिएको छ ‘कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने सम्भावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ’,।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*