वर्षाको कारण पोखराका पाँच सय घर उच्च जोखिममा, बाढीले सेती नदीको पुल डुबायो

भदौ ३१, पोखरा – सोमबार रातिदेखि परेको अविरल वर्षाले पोखराको हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन् ।
लगातारको मुसलधारे पानीका कारण खोला उर्लिएपछि रातको समयमा नै सुरक्षित स्थानतर्पन जान स्थानीयवासी बाध्य भएको स्थानीयवासी दानबहादुर विकले जानकारी दिए ।
बाढीले नयाँबस्ती, डुढेको फाँट, घाटीछिना, ठूलाखेत, बाम्दी, चनौटेसहित पोखरा २४ को कार्कीको तहरालगायत स्थानमा क्षति पुयाएको बताउँदै उनले लगभग १०० घर उच्च जोखिममा रहेको छ बताए ।
फेवातालको सिरमा रहेको सो खोलामा आएको बाढीका कारण स्थानीय बासिन्दा रातभर जाग्राम बसेका र खोलाको कटानले फाँटमा लगाएको सयौँ रोपनी जग्गाको धानबालीसमेत बगाएको छ ।
त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदी माथिको पुल डुबानमा परेको छ । बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ ।