अराजक तत्वहरु सलबलाउन थालेको छ, समयमै सचेत हुन आग्रह – नेकपा अध्यक्ष प्रचण्ड

तामसालिङ खबर
३१ भाद्र २०७६, मंगलवार २१:३२

भदौ ३१, काठमाण्डौ – नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी अराजक तत्वहरु सलबलाउन थालेको भन्दै त्यस्ता अराजक तत्वहरुलाई सचेत युवा र विद्यार्थीहरुले ठेगाना लगाईदिनु पर्ने बताएका छन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पाँचौं पोष्टबहादुर बोगटी स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा प्रचण्डले क्रान्ति र परिवर्तन बाट अत्तालिएका पश्चगामी तत्वहरुले हत्केलाले सुर्यलाई छेक्न खोजे जस्तो हर्कत देखाएको भन्दै त्यस्ता दिवा सपना नदेख्न चेतावनी दिएका हुन ।

कार्यक्रममा दिवंगत पोष्टबहादुरको योगदानको चर्चा गर्दै उनको आदर्शलाई शिरोपर गर्दै समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नु पर्ने बताए ।

बरिष्ठ नेता झलनाथ खनालले फरक पार्टीमा हुँदा पनि बोगटी र आफ्नो बीच अन्तरंग छलफल हुने गरेको र एउटै कम्युनिष्ट पार्टी बनाउने उहाँको चाहना पुरा भएको बताए । कार्यक्रममा प्रबक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल मन्त्री वर्षमान पुनलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*