मनहरी गाउपालिकाले संबिधान दिवसको अबसरमा ३ दिन सम्म बिबिध कार्यक्रम गरि मनाइने

जयराम मुक्तान
१ आश्विन २०७६, बुधबार ०७:५९

असोज १, हेटौडा (मनहरी) – मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी गाउपालिकाले बिबिध कार्यक्रम सहित संबिधान दिवस मनाउने भएको छ ।

गाउँपालिकाले असोज २, ३ र ४ गतेका लागि बिबिध कार्यक्रमहरु तय गरिसेको छ । संबिधान दिवसका अवसरमा असोज २ गते बिहिबार गाउँपालिकाको वडा नम्बर ३ लामिटारमा रहेको गाउँसभाहलमा रक्तदान गर्ने भएको छ ।

त्यस्तै, सोही दिनको दिउसो ३ बजे देखि मनहरी बजारबाट गाउँपालिकाको केन्द्र रजैया सम्म मोटरसाइकल र्यालीको आयोजना गरिएको गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले बताउनु भयो ।

असोज ३ गते संबिधान दिवसको दिन रजैया देखी लामिटारमा रहेको गाउँसभा भवन स्थल सम्म र्यालीको आयोजना गरिएको छ । लामिटारमा रहेको गाउँसभाहल परिसरमा वृक्षारोपण गर्ने कार्यक्रम समेत रहेको छ । गाउँपालिकाको वार्षिक समिक्षा कार्यक्रम समेत प्रस्तुत गर्ने भएको छ । कार्याक्रममा उपस्थीतीका लागि सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

बिहिबार देखि असोज ४ गतेको बेलुकी सम्म गाउपालिका भित्रका सबै वडा कार्यालय, संघसस्था, सर्बसाधारण सबैले घर-घरमा दिपावली गर्न गाउपालिकाले अनुरोध गरेको छ ।

राक्सिराङ गाउँपालिकाले बिबिध कार्यक्रम गरि दिवस मनाइने

त्यस्तै, राक्सीराङ गाउँपालिकाले पनि ३ दिन सम्म बिबिध कार्यक्रम गरि संबिधान दिवस मनाइने भएको छ । राक्सीराङ गाउँपालिकाले भने असोज २ गते भोलि नै संविधान तथा राष्ट्रिय दिवस मनाउने भएको छ ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, शिक्षक, पत्रकार, समाजसेवी, स्थानीय बुद्दिजिबि, संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणहरुमा उपस्थितिको गाउँपालिकाले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*