नेकपा बागमती गाउँकमिटीले लिए सपथ

तामसालिङ खबर
१ आश्विन २०७६, बुधबार ०५:४५

असोज १, हेटौडा (बागमती) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती गाउँपालिका कमिटीको बुधबार सपथ ग्रहण कार्यक्रम भएको छ । नेकपाको केन्द्रीय सदस्य रामेश्वर राणाको प्रमुख आतिथ्यामा बागमतीमा भएको कार्यक्रममा गाउँकमिटीका ७५ जनालाई सपथग्रहण गराइएको हो ।

नेकपा बागमती गाउपालिका कमिटी अध्यक्ष अरुण बलको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष मनु सिग्देल, सचिव प्रेम बहादुर पुलामी, ३ नम्बर प्रदेशसभा सदस्य ओम घलान, नेकपाका प्रदेश सदस्य तथा बागमती गाउपालिका अध्यक्ष सर्केस घलान, पार्टी जिल्ला कमिटी नेताहरू बद्रि लम्साल, बलराम बल, एकलाल श्रेष्ठ, कमान सिं पाख्रिन, बिबेक राई, अनराज जर्घमगर, सुमन पाख्रिन, जीवन गोले, जय बहादुर वाइबा, लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै, जिल्ला कमिटी सदस्यहरु खेम जर्घा मगर, दिल दोर्जे पाख्रिन, सर्मिला बिक, जनक पहरी, बागमती गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा बागमती गाउँपालिकाको नौ वटै वडाको वडाध्यक्ष र सचिवहरुलाई पनि सपथ खुवाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*