प्रदेश ३ को मुकाम हेटौडामा संविधान दिवस भव्य मनाइयो (फोटो फिचर)

तामसालिङ खबर
३ आश्विन २०७६, शुक्रबार १६:२६

असोज ३, हेटौँडा – तिन नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलले मुलुकमा विभिन्न दलहरुले नेतृत्वमा आन्दोलनबाट राजनीतिक परिवर्तन ल्याइएको भएपनि अब जनताको भावना परिवर्तन गरी आर्थिक समृद्धितर्फ उन्मुख गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

संविधान दिवस मुल समारोह समिति प्रदेश नं. ३ सरकारद्वारा आज (शुक्रबार) हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जनताद्वारा निर्वाचित संविधानसभाबाट जारी गरेको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको ग्यारेन्टी गरिएकोले अब जनताहरुले आफ्नो अधिकार प्राप्तिको लागि आन्दोलन गर्नु नपर्ने बताउनुभयो ।

 

मुख्यमन्त्री पौडेलले संविधान दिवसको उपलक्ष्यमा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा विजयी नेपाली सेनाका भीमफेदीस्थित सुपारेटार ब्यारेकका जवानहरुलाई नगदसहित प्रमाणपत्र वितरण समेत गरेका थिए ।

प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँ सहित राष्ट्रियसभा तथा प्रतिनिधि सभामा सांसदहरु, प्रदेशसभाका सदस्यहरु, विभिन्न निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सहकारी, विद्यालयहरु, विभिन्न जातजाति मानिसहरु झाँकीसहित उपस्थित भएका थिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*