मनहरी ५ को दुइ क्लब मर्ज गर्दै नाम ‘सूर्यकिरण’ राखियो, अध्यक्षमा बीरबहादुर मिजार चयन

तामसालिङ खबर
५ आश्विन २०७६, आईतवार १३:१२

असोज ५, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ५ मा रहेको २ वडा क्लबहरु गाभिएको छ । साबिक हाँडीखोला ९ दिल्लिपुरमा २०५१ सालमा गठन गरिएको सुन्दर शान्त युवा क्लब र २०५४ सालमा गठन भएको बसन्तपुरको सूर्यकिरण युवा क्लब एकै ठाउमा गाभिएको हो ।

बसन्तपुरमा बसेको संयुक्त बैठकले सूर्यकिरण युवा क्लबलाई प्राथमिकता दिदै सुन्दर शान्त युवा क्लब सुर्य किरणमा गाभिएको    छ । ५ नम्बर वडाको वडा अध्यक्ष शुभराज थिङको प्रमुख आतिथ्यतामा भएको बैठकमा कार्यसमिति पनि चयन गरेको छ ।

बीरबहादुर मिजारको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति समेत चयन गरेको छ । क्लबको उपाध्यक्षमा सन्तबहादुर आले मगर, सचिबमा मिलन ढुंगाना, सह-सचिबमा समिर ठकुरी, कोषाध्यक्षमा शान्ति माया थिङ, सदस्यहरुमा अनिल पाख्रिन, रबिन राइ, गौतम मोक्तान, पिपल मोक्तान, रुपन नेपाली, सुमन न्याैपाने लगायत चयन भएका छन् ।

अहिले दिल्लिपुर बसन्तपुर एउटै वडाको रुपमा भएकोले सबैको सल्लाह सुझाब अनुसार छुट्टा छुट्टै क्लब चलाउनु भन्दा एउटै भएर जाने आवाज उठेपछि सूर्यकिरण युवा क्लबलाई अघि सारेको अध्यक्ष बीरबहादुर मिजारले बताउनु भयो ।

त्यस्तै, क्लबको सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिमा पुस्कर मल्ल, सोमबहादुर थापा मगर, बाबु घलान, दिपेन्द्र अधिकारी, कृष्णबहादुर स्याङ्तान लगायतको चयन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*