हात्तीको आक्रमणबाट एक बृद्धा गम्भीर घाइते

तामसालिङ खबर
५ आश्विन २०७६, आईतवार १८:२१

असोज ५, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ जोगी तालमा हात्तीको आक्रमणबाट एक बृद्धा गम्भिर घाईते भएकी छन । आईतबार विहान ५ बजे धान खेतिमा पानी लगाउन हिडेकी मनहरी ६ कि ५२ वर्षिया इन्द्र कुमारी मुक्तानलाई हात्तीले आक्रमण गर्दा गम्भिर घाईते भएको हो ।

घाईते मुक्तानलाई आईतबार नै उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको छ । उनको टाउको, हात खुट्टा र शरिरको बिभीन्न भागमा गम्भिर चोट लागेको छ । चिवतन राष्ट्रिय निकुञ्ज नजिक मानव बस्ती भएकाले समय समयमा बिभीन्न जिवजन्तु बस्तिमा पसी मानवलाई आक्रमण हुदै आइरहेको छ ।

त्यस्तै, आइतबार बिहान सोही जोगितालमा बाघले खोरबाट बाख्रा मारेर लागेको पिडित कृष्ण तामाङले बताउनु भयो । घर संगै जोडिएर रहेको खोरबाट बिहान ४ बजेको समयमा बाघ आएर बाख्रा मारेर लागेको पिडित तामाङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*