हवाईमा १० प्रतिशत छुट सहित अग्रिम टिकट बुकिङ खुल्ला

तामसालिङ खबर
६ आश्विन २०७६, सोमबार १४:३९

असोज ६, काठमाडौं – नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि विशेष छुट सहित अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ नेपाल(एओएएन)ले अग्रिम टिकट बुकिङ्ग खुल्ला गरेको हो ।

संघले सबै आन्तरिक उडान तर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने जनाएको छ । उक्त छुट आगामी असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म लागू हुने संघले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*