नेफिन प्रदेश ३ को अध्यक्षमा काजिमान थिङ सर्बसम्मत चयन

तामसालिङ खबर
६ आश्विन २०७६, सोमबार १५:१०

असोज ६, हेटौडा – नेपाल आदिवासी जनजाति महासंघ प्रदेश न. ३ (नेवा: तामसालिङ) समन्वय परिषदको अध्यक्षमा काजिमान थिङ सर्बसम्मत चयन भएको छ । सिन्धुलीमा भएको प्रथम अधिवेशनले थिङको नेतृत्वमा ११ सदस्यीय समन्वय परिषद गठन गरेको हो ।

जसको उपाध्यक्षहरुमा सुमन राई, प्रदीप लिम्बू, जीमी लामा ह्र्याल्मो, कृषला नगरकोटी पहरी, धनबहादुर माझी चयन भएको छ । त्यस्तै महासचिबमा गोपाल बहादुर गुरुङ, कोषाध्यक्षमा सूर्यमाया दनुवार, सचिवमा धनबहादुर भुजेल (रमेश), भक्तबहादुर हायु र लालबहादुर भुजेल सहितको ११ सदस्य समन्वय परिषद गठन भएको हो ।

महासंघका संघिय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवार, प्रदेश सभा सदस्यहरु ओम बहादुर ग्लान, राजन दाहाल, प्रदिप कट्वाल, विनोद खड्का, बसन्त माझी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

अधिबेशनमा विभिन्न जातिय संघ सस्थाको प्रतिनिधीहरु, स्थानिय तहका प्रमुख तथा उप-प्रमुख, राजनीतिक दलको प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो । अधिवेशनको उद्धघाटन सत्रमा विभिन्न जातिय भेषभूषा सहितको झाकीहरु समेत प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*