मकवानपुरमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने
असोज ६, हेटौंडा – मकवानपुरको सरकारी कार्यालयको कर्मचारी लगायत निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक, टुईटर चलाउन नपाउने भएको छ ।
आईतबार बसेको जिल्ला समन्वय समिति मकवानपुरको ५० औं बोर्ड बैठकले सरकारी कार्यालयका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।
कार्यालय समयमा मोवाईल चलाउँदा कार्यालय संचालनमा समस्या आउने देखेर यस्तो निर्णय गरिएको प्रमुख खुलालले बताए । कार्यालय समयमा सामाजिक सञ्जाल नचलाउन तथा कार्यालयको व्यवस्थापनमा सबै मिलेर काम गर्न समेत उनले निर्देशन दिएको छ ।






