ट्रक र कार एकापसमा ठोकिदा मृत्यु भएको पाँच जनाको पहिचान खुल्यो

तामसालिङ खबर
७ आश्विन २०७६, मंगलवार १२:३३

असोज ७, परासी – सोमबार राति नवलपरासी पुर्वको खरकट्टा जंगलमा भएको दुर्घटनामा परि मृत्यु हुने ५ जनाको पहिचान भएको छ । मृत्यु हुनेहरूमा नवलपरासी पूर्व देवचुली १ का पूर्णबहादुर विक, देवचुली १० का दीपेश राना तथा हिरा राना एवम् कैलालीका दिलबहादुर ढेडामगर र सुरज रानामगर रहेका छन् ।

कावासोती ८ को खरकट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किएको थियो ।

प्रहरीले उद्धार गरि भरतपुर अस्पताल पुर्याउदा उनीहरुको मृत्यु भइसकेको थियो ।ट्रकको ठक्करबाट कार क्षतबिक्षत भएको छ । ५ जनामध्ये कारका चालक को थिए भन्ने खुलेको छैन । ट्रक र चालक प्रहरी नियन्त्रणमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*