कृषि विकास बैंकको सीस्टम ह्याक गरी करोडौ रकम निकाल्ने ९ जना पक्राउ
असोज ८, काठमाण्डौ – कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोड भन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
एसएसपी सहकुल थापाले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने बताउनु भयो । उनका अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए ।






