लागूऔषध चरेश सहित युवती पक्राउ

तामसालिङ खबर
९ आश्विन २०७६, बिहीबार १३:०३

असोज ९, हेटौडा – मकवानपुर प्रहरीले लागू औषध चरेश सहित एक युवती नियन्त्रणमा लिएको छ । पर्साको पटेर्वा सुगौली नगरपालिका वडा नम्बर १ बस्ने बर्ष २४ की गिता राईको साथबाट ८ किलो १६० ग्राम लागुऔषध चरेश प्लास्टिकको टेपले बेरिएको अबस्थामा प्रहरीले फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटिएको टोलिले हेटौडा उपमहानगरपालिका १० बसपार्कमा काठमाण्डौबाट धरान तर्फ जाँदै गरेको बा ४ ख ८०६० नम्बरको यात्रु वाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त चरेश सहित पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले भीमफेदीमा मोटरसाईकल चोरी गर्ने युवक पक्राउ गरेको छ । भीमफेदी गाउपालिका १ मा रहेको सडक-खण्डमा खटिएको प्रहरी चेकिङ गर्ने क्रममा रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष १८ को अविनाश चौधरीलाई मोटरसाईकल सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरको ठिमीमा पार्किङ गरी राखेको लु ५४ प ६०९८ नम्बरको मोटरसाईकल हेन्डिल लक तोडी ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*