चौतारा नगर घेदुङको अध्यक्षमा प्रविन लामा चयन

तामसालिङ खबर
९ आश्विन २०७६, बिहीबार १९:०९

असोज ९, चौतारा  – सिन्धुपाल्चोकको चौतारा सांगाचोक गढि नगरपालिकाको नेपाल तामाङ घेदुङ नगर कार्यसमिति पहिलो भेला तथा प्रशिक्षण भएको छ । भेलाले प्रविन लामाको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति समेत गठन गरिएको छ ।

वडा नम्बर ९ को वडाअध्यक्ष बिष्णु तामाङको अध्यक्षतामा भएको भेलामा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार एबम पुर्वसांसद दावा तामाङको प्रमुख आतिथ्यतामा भएको थियो ।

समितिको महिला उपाध्यक्षमा अस्मिता तामाङ, उपाध्यक्ष समीर तामाङ, सचिव सन्जिब तामाङ, कोषाध्यक्ष रामकुमार लामा, सह-सचिवमा हिरालाल तामाङ र सदस्यहरु गंगालाल तामाङ, बिष्णुमाया तामाङ, धनमान तामाङ, सुरेदास तामाङ, हिरा तामाङ, धन बहादुर तामाङ, कमानसिङ तामाङ, होम बहादुर तामाङ, झलक तामाङ, रहर बहादुर तामाङ र शान्ति थिङ तामाङ लगायतको सर्बसम्मत चयन भएको छ ।

त्यस्तै, नेपाल जनजाति महासंघ ३ नम्बर प्रदेशको अध्यक्ष काजिमान थिङ , चौतारा सांगाचोकगढि नगरपालिकाको मेयर अमान सिङ तामाङ, नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको अध्यक्ष रेसम स्याङबो लगायत स्थानिय जनप्रतिनिधिको बाग्लो उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

घेदुङको नयाँ नगर कार्यसमिति संगै सल्लाहकार समिति र संरक्षक समिति समेत गठन गरिएको छ । अतिथी लगायत सहभागीलाई स्वागत गर्न गायक आस्मान लोप्चन र प्रितम तामाङले मौलिक खान्दोके सेलोमा डम्फु बजाएर स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*