१२ घण्टा भन्दा बढी सवारी जाम हुँदा बाटोमै बिरामीको ज्यान गयाे

तामसालिङ खबर
१० आश्विन २०७६, शुक्रबार १३:०५

काठमाडौं, १० असाेज – नौबिसे-नागढुंगा सडक खण्डकाे सवारी जामका कारण एक बिरामीको बाटाैमै ज्यान गएको छ । प्रहरी स्राेतका अनुसार रौतहटबाट काठमाडौँ उपचारका लागि ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको बाटाैमै मृत्यु भएको हो । साह मृगौलाका बिरामी थिए ।

महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीराजमार्ग स्थित महादेव बेँसी बजारमा सवारी जाममा परेको बेला साहको बिहान ५ बजे मृत्यु भएको हो । राति २ बजेबाटै साे सडक खण्डमा जाम सुरु भएको थियाे । बिरामी ना ७ ख ५३६४ नम्बरको गाडीमा काठमाडाैँ आउँदै थिए ।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडाैँ ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेँसी स्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताउनुभयो ।

एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो । आमा, भाइ र दाजु सँगै शाह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका शाहको उनको काखमै मृत्यु भएको हो । सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो । न्युज २४ टिभी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*