रेडियो पालुङले जित्यो, जिल्ला स्तरीय मिडिया कप फुटसलको उपाधी
असोज ११, हेटौडा – हेटौडामा भएको जिल्ला स्तरीय मिडिया कप फुटसलको उपाधी रेडियो पालुङले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा रेडियो मकवानपुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै रेडियो पालुङले उपाधी जितेको हो ।
हेटौडामा संचालित सामुदायिक रेडियो रेडियो सन्देश १०६.९ मेगाहर्जको प्रथम वार्षिकोत्सवको अवसरमा जिल्ला स्तरीय मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
रेडियो पालुङका लागि सागर ढकालले २ र केदार ढकालले १ गोल गरे भने रेडियो मकवानपुरका लागि सुवास विडारीले १ गोल गरेका थिए । प्रतियोगिताको विजेतालाई नगद १५ हजार, उपविजेतालाई नगद ७ हजारसहित शिल्ड र मेडल प्रदान गरिनुका साथै उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यही असोज १४ गते हेटौंडा स्थित क्लब हेटौंडा पार्टी प्यालेसमा हुने वार्षिक उत्सव समारोहमा विजयी टिमलाई पुरस्कार वितरण गरिने सामुदायिक संचार समुहका अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।






